पाकिस्तानमा अफगानी राजदुतकी छोरी अपहरणपछि मुक्त

  • इस्लामाबाद । पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरी अपहरणमा परि केही घण्टापछि मुक्त भएकी छन् ।

पाकिस्तानका लागि अफगानी राजदूत नजिबुल्लाह अलिखेलकी छोरी सिलसिला अलिखेल अपहरण भएको पाँच घण्टापछि मुक्त भएकी छन् । अपरिचित बन्दुकधारीहरुले उनलाई इस्लामाबादको ब्लू एरियाबाट अपहरण गरेको थियो । अपहरणकारीहरुले उनलाई पाँच घण्टा सम्म कब्जामा राखी यातना दिएको बताईएको छ ।

अपहरण मुक्त भपछि उनी अस्पताल भर्ना भएकी छन् । अफगानी सरकारले अपहरणकारी पत्ता लगाउन र कारबाही गर्न माग गर्दै घटनाबारे पाकिस्तान सरकार समक्ष स्पष्टीकरण मागेको छ । अफ्गानी सरकारले यस्तो जघन्य अपराधको निन्दा गर्दै पाकिस्तानमा आफ्ना कुटनीतिज्ञ र उनका परिवारहरुको सुरक्षाप्रति चिन्ता व्याक्त गरेको छ । स्रोत ईण्डीया न्यारेटिभ

प्रतिक्रिया दिनुहोस