ह्वात्तै घट्यो फेरि सुनको मुल्य,तोलाको कतिमा कारोबार हुदै

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ।मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यो पनि पढ्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस