नेपाली सुपरफुड हो गाइको घ्यू, दैनिक दुई चम्चा खाँदा यस्ता ८ फाइदा

स्वास्थ्यप्रति जागरुक धेरैजसो मानिसहरुले चिल्लोरहित आहार र व्यायाम तौल कम गर्न सबैभन्दा राम्रो विकल्प भएको मान्यता राख्छन् । यद्यपी, तपाईंको स्वास्थ्यका लागि सबै चिल्लो खराब हुँदैन र केही चिल्लोले वास्तवमा नै तपाईंको स्वास्थ्यमा अनेकौं फाइदा पुर्याउने गर्छ । गाईको घ्यूलाई एक किसिमले नेपाली सुपरफुड नै मान्न सकिन्छ किनभने यसका विभिन्न फाइदा छन् । आउनुहोस्, धेरै कमलाई थाहा भएको घ्युको फाइदाबारे जानकारी लिऔं ।

पाचनमा सुधारः

विशेषज्ञका अनुसार नौनीको एक स्पष्ट रुप घ्यू हो । आयुर्वेद अनुसार यो सानो आन्द्राको अवशेषण क्षमतालाई सुधार गर्ने गर्छ र हाम्रो ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकको अम्लीय पीएचलाई कम गर्दछ । घ्यू ओमेगा–थ्री फ्याटी एसिडको एक समृद्ध स्रोत हो जो एलडीएल कोलेस्ट्रोललाई कम गर्छ ।

उमेर बढ्नबाट रोक्छः

गाईको घ्यूमा एक प्राकृतिक एन्टीअक्सीडेन्ट हुन्छ । त्यसकारण यसले हाम्रो मस्कुलोस्केलेटल सिस्टममा अपरिवर्तनीय परिवर्तनलाई रोक्छ, समय अगावै बुढो हुनबाट जोगाउँछ र अल्जाइमर रोगबाट मुक्त गराउँछ ।

कपाल र छालाका लागिः

घ्यूले हाम्रो शरिरबाट विषाक्त पदार्थलाई हटाउने काम गर्छ । आन्द्राको स्वास्थ्य राम्रो बनाउँछ र तपाईंको छाला र कपाललाई स्वस्थ राख्छ । जोर्नीलाई चिल्लो राख्न सहयोग गरेर हाम्रो हड्डीलाई बलियो बनाउँछ ।

तौल घटाउन सहयोग गर्छः

विशेषज्ञका अनुसार घ्यूले वास्तवमा नै तपाईंको तौल कम गर्न सहयोग गर्छ । घ्यूमा ब्यूटरिक एसिड र मध्यम श्रृङ्खला ट्राइग्लिसराइड्स शरिरको बोसोलाई जम्मा गरेर त्यसबाट छुटकारा पाउन मद्दत गर्छ । विशेषज्ञका अनुसार घ्यूले राम्रो एचडीएल कोलेस्ट्रोललाई बढाउन मद्दत गर्छ ।

शरिरलाई सुगठित राख्छः

यदि तपाईं आफ्नो तौल बढाउन चाहनुहुन्न भने दैनिक दुई–तीन चम्चा (१०–१५ मिलिमिटर) गाईको घ्यूको सेवन गर्नुहोस् ।

कसरी शरिरलाई फाइदा पुर्याउँछ गाईको घ्यूः

– दुई थोपा गाईको घ्यू नाकमा हाल्दा तपाईंको शरिरको रोग प्रतिरोधक क्षमता बृद्धि हुन्छ । यसले वातावरणमा भएको धुलो, धुँवजा र प्रदुषणबाट हुने एलर्जीलाई कम गर्छ । यो घाँटी र नाकको संक्रमणबाट पनि जोगाउने गर्छ ।

– खानामा दुई तीन चम्चा घ्यू मिसाएर खाँदा पाचन प्रक्रियामा सुधार हुन्छ ।

– घ्यूले कब्जियतबाट पनि राहत दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस