निर्णायक परिवर्तन गरेर ‘नेपाल आइडल’ को चौथो सिजन शुरु हुदैँ

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ ।

सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गर्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिनुका साथै कोरोनाका कारण पनि चौथो सिजन सुरु गर्न ढिलाई भएको हो ।

सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्ने पौडेलले बताए । चौथो सिजनमा भने यसअघिका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ ।

‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् । उहाँहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो । उहाँहरु पनि बाहिरी कार्यक्रममा व्यस्त हुनुभयो’। अब निर्णायक को हुने भन्ने फाइनल भएको छैन ।’

यसअघिका तीनै शोजका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए ।

प्रतिक्रिया दिनुहोस