आफ्नो निर्वाचन क्षेत्रका भरतमणीलाई योगेश भट्टराईले दिए यस्तो ‘सरप्राइज’

काठमाडौ । आफ्नो निर्वाचन क्षेत्रका कलाकार कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भरतमणि पौडेललाई पूर्व मन्त्री योगेश भट्टराइको सक्रियतामा ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ। पौडेल सांसद भट्टराइएको निर्वाचन क्षेत्रका कलाकार हुन् ।

उनी भट्टराईलाई भेट्न पनि गएका थिए । भट्टराईले आफ्ना क्षेत्रका कलाकारहरुका लागि यसरी नै प्रोत्साहन गर्दै आएका छन् । त्यसका लागि उनले अक्षय कोष पनि स्थापना गरेका छन् ।विभिन्न क्षेत्रका प्रतिभा र कलाकारलाई प्रोत्साहन गर्ने भट्टराइको उद्देश्यमा पौडेल पनि जोडिएका हुन् । भट्टराइ आफैले पनि उनका लागि एक लाख रुपैया दिएका छन् ।

उनको अग्रसरतामा घोषणा गरिएको पुरस्कार राशिका लागि भट्टराईले व्यक्तिगत एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख र रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो। उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ ।

ताप्लेजुङमा जन्मिएका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको शीर्ष ६ मा प्रतिस्पर्धामा छन् । उनी प्रतिस्पर्धाका आशा गरिएका कलाकार हुन् । उनले अहिले सम्म दर्शक र जजको मन जितेका छन् । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस