पाहुनाको ह:त्या ग’र्ने श्रीमान/श्रीमतीको कथा

प्रभाकर गौतम / भारतीय रंगमञ्च र सिनेमालाई लेखक विजयनाथ देथाले थुप्रै राजस्थानी लोक कथा–कहानी दिएका छन् । ती कथा–कहानीमा निर्देशक श्याम बेनेगल,

मणि कौल, अमोल पालेकरदेखि नयाँ पुस्ताका निर्देशकसम्मले सिनेमा बनाएका छन् । परिणती पनि देथाकै राजस्थानी लोककथामा बनेको सिँनेमा हो ।

यो हृ।दयघा।तका कारण शुक्रबारै नि।ध।न भएकी अभिनेत्री सुरेखा सिकरीले अभिनय गरेका राम्रा फिल्ममध्ये एक हो । फिल्ममा उनी कुर्जी पात्रको रूपमा देखिएकी छन्।

नेसनल स्कुल अफ फिल्म एन्ड ड्रामा (एनएफडिसी) बाट ग्राजुएट सुरेखाले पहिलो चरणमा परिणति , तमसु, अम्मो जस्ता फिल्ममा अभिनय गरेर आफ्नो अभिनय क्षमता देखाएकी थिइन् ।

दोस्रो चरणमा पनि उनले सरफरोसु देखि बधाइ हो सम्म दमदार अभिनय प्रदर्शन गरिन् । बालिका बधु श्रृंखलामा हजुरआमाका रूपमा पनि उनलाई धेरैले सम्झिने छन् ।

सन् १९८९ मा सार्वजनिक परिणती उनको पहिलो चरणको फिल्म हो जसमा उनको सशक्त अभिनय क्षमता देख्न पाइन्छ । परिणती राजस्थानको ग्रामीण भेगको कथा हो ।

माटाको सामग्री बनाउने गणेश आफ्नी पत्नी कुर्जी र एक मात्र छोरा लछ्मनसँग बस्छन् । धेरै महत्वकांक्षा नभएका सोझा र इमानदार यो दम्पतीका लागि छोराको गौना गराएर बुहारी भित्र्याउनुबाहेक अर्को ठूलो सपना हुँदैन ।

थरिथरि उद्देश्यले यात्रामा निस्केका मानिसले बास बस्न आउने यो ठाउँमा अक्सर व्यापारीहरूले रात काट्छन् । धर्मशालामा बास बस्ने क्रममा एक जोडी वृद्ध दम्पतीले गणेश र कुर्मीका छोराको हात हेरेर लछ्मनले व्यापारमा सफलता पाउने योग रहेको बताउँछन् ।

ती वृद्ध दम्पतीले त्यही योग देखेर लछ्मनलाई आफूसँगै साझेदार बनाएर व्यापारी बनाउन देशावर लैजाने चाहना पोख्छन् । एक मात्र सन्तानका बुबाआमाका लागि त्यो प्रस्ताव सजिलै मान्य हुने कुरै आएन ।

गणेश र कुर्मीलाई यो प्रस्ताव सुरूमा मन पर्दैन। तर गरिबीमा बाँचेका उनीहरूले धन कमाएर छोराले बंगला, गरगहना जोड्ने र आफूले पनि धनीसरह सुविधापूर्वक बाँचेको कल्पिन थाल्छन्।

ती वृद्ध दम्पतीले देखाएको सपनाले उनीहरूलाई लोभ्याएरै छोड्छ। उनीहरू मन मिचेर छोरालाई अपरिचित मान्छेको हातमा सुम्पन्छन् र धनी बन्ने दिन कुर्छन्। तर प्रतीक्षा दुई चार महिनाको भए पो !

अनिश्चित प्रतीक्षामा बसेका उनीहरूलाई धर्मशालाको काम र त्यहाँ आउने अतिथिले मन भुलाउने काम गर्छ । धर्मशालामा अक्सर महँगा र आकर्षक गरगहना लगाएका, सम्पन्न मानिस आउनेजाने हुन्छन् ।

तिनलाई देख्ने भेट्ने क्रममा थाहै नपाई गणेश र कुर्मीको मन लोभिइसकेको हुन्छ । धन-सम्पत्तिप्रति उनीहरूको लालसा यति तीव्र हुँदै जान्छ कि उनीहरू त्यहाँ रात बिताउन आएका नवविवाहित जोडीको ह-त्या ग-र्ने नि-र्णयमा पुग्छन् ।

धनको लोभ न हो । उनीहरूको लालसा बढ्दै जान्छ । पूण्य कमाउने कामका लागि धर्मशाला सञ्चालनमा योगदान दिइरहेका उनीहरू पा-प-को संसारमा प्रवेश गर्छ ।

के यी दम्पती यो संसारबाट उम्केलान्रु यसका लागि राजस्थानी स्वादको परिणती हेर्नुहोला । राजस्थानी भेषभूषा, परिवेश र रहनसहनलाई नजिकबाट देखाइएको यो फिल्ममा सुरेखासँगै वसन्त जोसालकर मुख्य भूमिकामा छन् । सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस