यस्तो छ पछिल्लो २४ घण्टाको कोभिड रिपोर्ट

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ६१६ ओटा नमुनाको परीक्षण गर्दा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं । यस बीच आज महन्थ र देउवा बीच सत्ता साझेदारी साथै जसपा महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागि गराउने बिषयमा वान टु वान बैठक बसेको छ। गत साता बिघटित प्रतिनिधी सभा पुर्नगठन भएपछि नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्व सरकारको मन्त्रिमण्डल गठनको प्रकिया धमाधम शुरु भएको छ । शेरबहादुर नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहित राष्ट्रिय जनमोर्चा पार्टी नेपाल, जसपा उपेन्द्र यादव पक्ष सहभागि छन् । त्यसबाहेक माधव नेपाल पक्षले पनि प्रतिनिधीसभामा पूर्णकालीन सरकारका लागि शेरबहादुर देउवालाई विश्वासको मत दिएपनि सरकारमा आउने वा नआउने भनेर टुंगो लगाएको छैन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरले प्रधानमन्त्रीसँग जसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णय र राखेका मागबारे जानकारी गराएको बताइएको छ । जसपाको ठाकुर पक्षले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्षज्यूले पार्टीका राजनीतिक मागहरू राख्नुभएको छ । विश्वासको मत दिनुअघि नै प्रधानमन्त्रीले केही प्रतिबद्धता गर्नुभएको छ । त्यसैलाई स्मरण गराउने काम भएको छ’, ठाकुरनिकट एक नेताले भने ।

ठाकुरसँगको भेटमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको बताएका थिए । देउवाले ठाकुरलाई सरकारमा सहभागी हुनेबारे जिज्ञासा समेत राखेका थिए । ‘प्रधानमन्त्रीले विश्वासको मत दिएकोमा धन्यवाद दिनुभयो, माग पूरा गर्न सकारात्मक रहेको बताउनुभयो र सरकारमा आउनेबारे महन्थजीको धारणा सोध्नुभयो’, भेटबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो । यतिवेला संसद्बाट विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवा सबैलाई समेटेर नयाँ मन्त्रिमण्डल बनाउने प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस