कांग्रेस सांसद् अमरेश कुमार सिंहले प्रधानमन्त्रीसमक्ष राजिनामा बुझाउदै

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने भएका छन्। कांग्रेस भित्रको क्रियाशिल सदस्यता विवादका कारण उनले राजिनामा दिन लागेका हुन् । उनले भनेका छन् – पार्टीको क्रियाशील विवाद मिल्न सकेन नेता कार्यकर्ताको धर्ना चलिराछ अब यस्तो परिस्थितिमा राजिनामा दिनु उचित हुन्छ ।

उनि प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सांसद हुन् । उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनका लागेका हुन्। यसका लागि उनी बालुवाटार जाँदैछन्।

प्रतिक्रिया दिनुहोस