जसपा आधिकारीकता विवाद् – आज सर्वोच्चमा बहस चल्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास आज (बिहीबार) बस्दै छ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।

यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो। दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ।
आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो।

यो पनि पढ्नुहोस्

नेकपा एमालेको भातृ संगठन युवा संघले आज काठमाडौंमा अनौठो विरोध प्रदर्शन गर्यो । युवा संघका कार्यकर्ताहरु बाँदरको हुलियामा थिए ।
बाँदर जुलुसमा सहभागि यी नेता तथा कार्यकर्ताको चौतर्फी ट्रोल बनेको छ । केहि ओलीपक्षियले भने यो सांकेतिक बिरोध भएको र शान्तिपूर्ण भएको निछोड निकालेका छन् ।

शेरबहादुर देउवाको सरकारलाई समर्थन गर्ने आफ्नो पार्टीका २२ सांसदलाई ‘बाँदर’ को रुपमा चित्रित गर्न उनीहरुले यो प्रयोग गरेका थिए ।
हिजो पनि युवा संघका कार्यकर्तले अतिरञ्जित तरिकाले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक शवयात्रा नै निकालेका थिए । युवासंघ नेपालले गरेको उक्त कार्यको चौतर्फी खण्डन भएको छ ।

युवासंघ नेपालको बिरोधका शैलिहरु अत्यान्तै अशोभनिय भएको तर्क काट्ने धेरै निक्लिएका छन् । कत्तिले त ओलीपक्षिय युवासंघको हर्कतले पार्टीमा बाँकी रहेको साख पनि गुमेको तर्क काटेको छ । गत साता संसद् पुर्नस्थापना पछि युवासंघ नेपालले निरन्तर बिरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस