सकियो महानगरमा जोनसन एण्ड जोनसन खोप , खोप कार्यक्रम स्थगित

अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरपालिकाभित्र नदिइने भएको छ। नेपालले जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप अमेरिकाबाट अनुदानस्वरुप पाएको थियो । खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएको स्वास्थ मन्त्रालयले जानकारी दियो । बिहिबार काठमाडौं महानगरमा खोप सकिएपनि

पराजुलीका अनुसार काठमाडौंकै अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप जारी छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो। यो खोप एक डोज लगाए पुग्छ।

सुरूमा यो खोप ५० देखि ५४ वर्षका सबै, शरणार्थी, विदेश जाने र अपंगता भएका व्यक्तिहरूलाई दिने भनिएको थियो। उनीहरूलाई लगाएर केही खोप बचेपछि बुधबार काठमाडौंमा १८ वर्षमाथिका सबैलाई दिइएको थियो। नेपालमा पछिल्लो समय खोप आपूर्तिलाई तिब्रता दिएको छ । आज पनि ८ लाख डोज भेरोसेल खोप लिन नेपाली जहाज चीन जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस