अनौंठो प्रेम ! सेनाका जवानसँग प्रेम भएपछि पतिलाई दिईन् डिभोर्स , छोरी जन्मेपछि सेनाका जवानले भने ‘तलाई म चिन्दिन’

एजेन्सी – बिवाहित महिला एक सैनिक जवान प्रति आकर्षित हुन्छिन् । उनको त्यो प्रेम सेनाका जवानसँग ब्यक्त गर्छिन् । ती सैनिककै सल्लाहमा उनले आफ्नो पतिलाई डिभोर्स समेत दिइन् । जवानले ती महिलासँग बिहे गरे । उनलाई भाडामा कोठा लिएर राखेका थिए । एक बर्ष पछि उनीहरुको छोरी समेत जन्मिइ । परिवार राम्रै चलिरहेको थियो, त्यति नै बेला भएको एक यस्तो घटनाले बैवाहिक जीवन नै सकिने अवस्था आयो।

बास्तवमा ती सैनिक जवान पहिले नै विवाहित भएको उनले दोश्री श्रीमतिलाई बताएका थिएनन् । दोश्री श्रीमतिलाई पनि उनीहरुको बच्चा समेत भएपछि पहिलो श्रीमतिबारे थाहा भयो । उनीहरुको भेट भने एक प्रहरी चौकीमा भयो जसमा घटनाले विवाद हुँदै कु ट पी ट सम्मको रुप लियो।

एक विवाहित महिलाको अनौंठो प्रेमको अद्भुत कथा भने भारतको हो । त्यहाँ छपरा, बिहारमा ती महिलालाई एक सेनाको सिपाहीसँग प्रेम भयो । यसपछि ती महिलाले आफ्नो पहिलो पतिलाई डिभोर्स दिएर सेनाका एक सिपाहीसँग विवाह गरेकी थिइन्।

आजतकमा छापिएको एक समाचार अनुसार, विशेष कुरा यो छ कि सेनाका सिपाहीको पनि पहिले विवाह भएको थियो, तर यसको बाबजुद पनि उसले फेरि विवाह गरे र छोरीको बुबा भए । विवाह गरेको एक वर्ष पछि, अब सेनाको जवानले आफ्नी दोस्रो पत्नीलाई आफूसँगै राख्न अस्वीकार गरे । त्यतिमात्र होइन, उसले आफ्नो दोश्रो श्रीमति भएको स्वीकार समेत गरेन।

यो घटना प्रहरी चौकी डुमरी छपिया गाउँको हो । उक्त गाउँ निवासी सुनिलप्रसाद महतो सेनाका सिपाही हुन् । अहिले घटना प्रहरीसम्म पुगेको छ । प्रहरीले पहिलो र दोश्रो श्रीमतिबिचमा महतोलाई राखेर मध्यस्थताको प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस