चम्सुरीलाई आफ्न्नै परिवारबाटै तीनजनाले मिर्गौला दिन तयार, कहिले गरिँदैछ प्रत्यारोपण, हेर्नुहोस्

काठमाडौँ । मेरी बास्सैबाट अभिनयमा चर्चा कमाएकी लोकप्रिय हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीलाई अहिले झट्ट हेर्दा नचिनिने अवस्थामा पुगेकी छिन् । आमाबुबा, दुई छोरी सबैबाट रोग लुकाएकी चम्सुरी दिन दिन दुब्ल्याउँदै गएका बेला उनको किड्नी प्रत्यारोपणको तयारी थालिएको छ । शरीर दुब्ल्याएको भएता पनि पछिल्ला केही दिनदेखि उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । खान र सुत्न त्यति गाह्रो छैन ।

परिवारबाटै तीनजना मिर्गौला दिन तयार भएको पल्पसाका भाई अर्जुनले जानकारी दिए । भेटघाटको क्रममा भाइ अर्जुनले दिदीले यतिका वर्ष हामीबाट रोग लुकाउनुभएको भन्ने गुनासो गरेका थिए । पल्पसाको मृर्गौला फेल भएको भएता पनि उनले परिवार र छोरीहरुलाई युरिक एसिड भएको भन्दै सुटिगंमा पनि आँफैले खाना बनाएर सादा खान खाँदै आएकी थिइन् ।

तर दुई महिनायता पल्पसालाई मिर्गौला गाह्रो बनायो । सास फेर्न गाह्रो हुने, खाना रुचि नहुने अनि वान्ता भइरहने भएपछि उनलाई अस्पताल ल्याएको अर्जुन बताउँछन् । दस दिनदेखि अस्पतालमा भर्ना भएकी उनको अहिलेसम्म चारपटक डायलसिस भइसक्यो । यसअघि ११ दिन अस्पताल बसेर घर फर्केकी थिइन् पल्पसा ।

आफ्नो करियरको सुरुवातमै शिखर साँझ कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गर्ने अवसर पाएकी काठमाडौँको किर्तीपुरमा जन्मे हुर्केकी पल्पसा भन्छिन् मेरा लागि आर्थिक सहयोग नगर्नु ।

प्रतिक्रिया दिनुहोस