बाबुरामकी छोरी मानुषीको पनि गर्भवती भएको तस्वीर सार्वजनिक

काठमाडौँ – पछिल्लो समय अभिनेतृ प्रियङ्का कार्कीको अर्धनग्न तस्वीर सार्वजनिक भएपछि पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् । गर्भवती भएको तस्वीर सार्वजनिक गर्नु सहि की गलत भनेर पक्ष विपक्षमा बहस भइरहेको छ ।चर्को बहस भइरहेको बेलामा जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी एमी भट्टराईले पनि आफ्ना गर्भावस्तावको तस्वीर सार्जजनिक गरेकी छन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत आफ्ना पुराना तस्वीर सार्वजनिक गरेकी हुन् ।‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ?’ आफ्नो ट्वीटमा उनले भेनेकी छन्, ‘बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ?’उनले आफ्नो ट्वीटमा कम्युनिस्ट कार्यकर्तालाई पनि प्रहार गरेकी छिन् । ‘नेपाली कणहरू सारै रूढीवादी !’ ट्वीटरमा भनेकी छन्, ‘मेरो सुन्दर कार्य हेर्नु अब ।’

नेपाली चलचित्रकी लोकप्रिय नायिका कार्कीले केही समयअघि साथिभाइसँग आफ्नो खुशीका क्षण सार्वजनिक गरेकी थिइन् । उनले गर्भवती भएको फोटो सार्वजजिक गरेसँगै उनलाई नकरात्मक प्रतिक्रिया आएपछि बाबुराम भट्टराईले कार्कीको बचाउन गरेका थिए ।सन्तानलाई जन्म दिने दिन नजिक आउदै गर्दा आज प्रियंकाले साथीहरुसँगको स्विमिङ पुलको केही रमाइला तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् ।

त्यसको समर्थन गर्दै भट्टराईले सन्तान जन्माउनु प्राकृतिक प्रक्रिया भएको भन्दै विरोध गर्नु रुढिवादी परम्परा भएको बताएका थिए ।सन्तानलाई जन्म दिने दिन नजिक आउदै गर्दा आज प्रियंकाले साथीहरुसँगको स्विमिङ पुलको केही रमाइला तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । त्यसको समर्थन गर्दै भट्टराईले सन्तान जन्माउनु प्राकृतिक प्रक्रिया भएको भन्दै विरोध गर्नु रुढिवादी परम्परा भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस