सुजिता भण्डारी मृत्यु प्रकरण आफन्तभित्रकै युवकविरुद्ध दर्ता भयो आत्महत्या दुरुत्साहनको मुद्दा

चितवन । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती-३ की सुजिता भण्डारी प्रकरणमा आफन्त एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । लामो समय देखि सुजिता हत्या प्रकरणको अनुसन्धान जारी रहेको छ । उनको मृत्यु हुनुमा सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् । असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् । तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । उनको मृत्यु अझै सम्म पनि रहस्यमय रहेको कारण अझसम्म पनि अनुसन्धान चलिरहहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिने भनेर संसद सचिवालयमा बुझाएको पत्र फिर्ता लिने भएका छन्। यसअघि एमाले विवाद मिलाउन लागिपरेका नेता रावलले प्रतिनिधी सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिन आफ्नो राजिनामा दिएका थिए ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए । स्रोतकाअनुसार विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए । ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए । १० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस