हत्केलाको कुन रेखाले के संकेत गर्छ ? जान्नुहोस

हत्केलामा विभिन्न रेखा, चिन्ह वा आकृती बनेका हुन्छन् । जसको सम्बन्ध व्यक्तिको भाग्य, धन र ऐश्वर्यसँग समेत रहने गरेको छ ।

यदि कुनै ब्यक्तिको हत्केलामा जहाँ बुध वा शनि पर्वत बनेको हुन्छ त्यहा तराजूको निशान भए यस्ता ब्यक्तिले कहिल्यै धनको अभाव बेहोर्नु पर्दैन । यस्ता ब्यक्तिले आफ्नो जीवनकालमा निकै सफलता र धन कमाउने मान्यता छ । यस अलावा यस्ता ब्यक्तिको समाजमा राम्रो प्रतिष्ठा हुने गर्दछ ।

हत्केलामा शुक्र पर्वतको अत्यधिक महत्व रहने गर्दछ । शुक्र पर्वत राम्रो भए व्यक्तिले सबै सेवा, सुविधायुक्त आरामदायी जीवन बिताउने मान्यता रहेको छ । शुक्र पर्वतबाट निस्किएको कुनै रेखा सीधै सूर्य पर्वतमा पुगेर मिलेको छ भने यसलाई अझ शुभ फलदायी र भाग्यमानी मानिन्छ । यस्ता ब्यक्तिले राजयोग बराबरको सुख प्राप्त गर्दछन् ।

यदि कुनै ब्यक्तिको हत्केलामा मणिबन्धबाट निस्किएको रेखा एकदम स्पष्ट र सीधा शनि पर्वतमा पुगेको छ भने यस्ता ब्यक्ति भाग्यशाली र सफल मानिन्छन् । यस्ता ब्यक्ति धनवान् हुने मान्यता रहेको छ ।

जसको हत्केलामा अनामिका औलाबाट निस्किएको रेखा चन्द्र पर्वतमा मिसिएको छ भने यस्ता ब्यक्ति भाग्यशाली र धनी हुने मान्यता रहेको छ । यस्ता ब्यक्ति उपर देवी लक्ष्मीको कृपा रहने मान्यता छ ।

जसको हत्केलामा अनामिका औलाबाट निस्किएको रेखा चन्द्र पर्वतमा मिसिएको छ भने यस्ता ब्यक्ति भाग्यशाली र धनी हुने मान्यता रहेको छ । यस्ता ब्यक्ति उपर देवी लक्ष्मीको कृपा रहने मान्यता छ ।

यदि मणिबन्ध जसलाई भाग्य रेखा समेत भनिन्छ यहाँबाट कुनै रेखा निस्किएर शनि पर्वतका अलावा बुध पर्वतमा मिसिएकोा छ भने यस्ता ब्यक्ति अत्यन्त भाग्यशाली मानिन्छन् । यस्ता ब्यक्ति ब्यापारमा सफल र समाजमा प्रतिष्ठित मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस