कोभिड खोप कार्ड प्रमाणीकरण गर्न चार ठाँउ तोकियो, कहाँ कहाँ ?

साउन ८, काठमाडौं । कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका ४ वटा अस्पतालमा हुने भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरणको काम हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या विस्तार गरेको हो।

मन्त्रालयको बिहीबार सचिवस्तरीय निर्णय अनुसार सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।

यी सबै अस्पतालमा निशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।

काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनुपर्ने र घन्टौं लाइन लाग्नुपर्ने बाध्यताले सरकारको व्यापक आलोचना हुँदै आएको थियो । विदेश जाने नागरिकहरु लाई गन्तव्य मुलुकले खोप कार्ड प्रमाणीकरण अनिवार्य गरेपछि पछिल्लो दिनमा युवाहरुको भिड बढेको थियो ।

प्रतिक्रिया दिनुहोस