राष्ट्रपति भण्डारी र ओलीबीच दुईघण्टे भेटघाट

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आज पूर्व सुचना बिनानै भएको भेटवार्ता के बिषयमा केन्द्रित थियो भनेर खुलेको छैन ।

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ ।यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।

कोभिड भएका बिरामीमा ‘कालो ढुसी’को प्रकोप, कम्तीमा ४३ सय जनाको मृत्यु
कोभिड-१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने ‘कालो ढुसी’ बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ।

भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्।

यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ।

सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।

चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ।

चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी-फङ्गल इन्जेक्शन (सुई) मात्रै प्रभावकारी देखिएको छ।

सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ। त्यहाँ म्यूकोर्माइकोसिसबाट १,७८५ जनाको मृत्यु भएको छ।

कोभिड र कालो ढुसीबाट प्रभावित व्यक्ति
तस्बिर स्रोत,AFP
म्यूकोर्माइकोसिसका धेरै बिरामीमा संलग्न बेङ्गलुरुका शल्यचिकित्सक रघुराज हेगडेले रोगको “सङ्क्रमण र मृत्युको धेरै कम गणना” गरिएको बीबीसीलाई बताए।

“सामान्यतया म्यूकोर्माइकोसिस भएको केही हप्तादेखि महिनापछि मृत्यु हुने गर्छ। हाम्रो विद्यमान प्रणाली यो तथ्याङ्क फेला पार्न उपयुक्त छैन,” उनले भने।

प्रतिक्रिया दिनुहोस