लामो दुरिका सार्वजनिक यातायात भोलीबाट चल्ने निषेधाज्ञा भने कायमै

काठमाडौं । भोलिदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएको छ । नेपालमा पछिल्लो केही समय कोरोना संक्रमितको संख्यामा चेन ब्रेक लागेपनि उल्लेख्य रुपमा घट्न सकेको छैन । यसै क्रममा आज बसेको सिडियो हरुको निर्णयले निषेधाज्ञालाई थप सहज बनाउदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको बताए ।लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ । लामो दुरीको सवारी साधन सञ्चालन गर्ने भएता पनि पछिल्लो केही दिन यता बढेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै नयाँ आदेश दिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस