कांग्रेस तल्लो तहको अधिवेशन सर्दै, केन्द्र अधिवेशन भने यथावत

काठमाडौ । नेपाली कांग्रेसका तल्ला तहका अधिवेशन दश दिन सार्न तयारी थालिएको छ। मंगलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्व निर्धारित कार्यतालिका भए पनि क्रियाशिल सदस्यता नटुंगिएको र निर्वाचन समितिले पनि काम पुरा नगरेपछि कम्तिमा दश दिने अधिवेशन सार्ने तयारी भएको हो। अधिवेशन सार्ने विषयमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा छलफल भए पनि औपचारिक निर्णय हुन नसेको हो।

शनिबार ९ बजेका लागि बोलाइएको बैठकले अधिवेशन सार्ने विषयमा निर्णय लिने र त्यसलाई केन्द्रीय कार्यसमति बैठक बसेर अनुमोदन गर्ने तयारी गरिएको छ। क्रियाशिल सदस्यता छानबिन समितिका संयोजक नेता रमेश लेखकले करिब दश दिन अधिवेशन सर्ने निश्चित जस्तै भइसकेको बताए।

उनले भने, ‘तयारीको अवस्था हेर्दा कम्तिमा दश दिन अधिवेशन सर्ने निश्चित भइसक्यो। औपचारिक रुपमा निर्णय लिन मात्रै बाँकी छ। ’ भदौ १६ देखि १९ गतेसम्म हुने महाधिवेशन कार्यतालिका यथावत राखी प्रदेश तहसम्मको अधिवेशन सर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस