मावल आएका भान्जासँग माइजुको भयो प्रेम, दुबैले बिहे गरेपछि आयो यस्तो आपत?

भान्जा भान्जीलाई मावलीले झोलीका देवता पनि भन्छन् । यो नातालाई पवित्र मानिन्छ । तर यदि मावल आएका भान्जा माइजुलाई मन परेका के होला? अझ बिहे नै गर्ने अवस्थामा पुगे त्यो बिहेलाई समाजले के नाता देला? यस्तै घटना भारतमा भएको छ ।

मानिसहरु माइजु र भान्जाबिचको यो बिहेलाई खुबै नराम्रो ढंगले हेरिरहेका छन् । आजतकमा छापिएको एक समाचार अनुसार यो घटना बिहारको जमुई जिल्लामा भएको हो जहाँ एक माइजुले आफ्ना भान्जालाई माया गरिन् र दुबै भा गे र विवाह गरे ।

जमुई जिल्लाको गिधौर ब्लाक क्षेत्रको रतनपुर साह टोलाको घटना भएको समाचारमा उल्लेख छ । बिहे भएको केही समयमै माइजुले भान्जालाई मन पराउन थालिन् र उनीहरुले बिहे सम्मको निर्णय लिए । घटनापछि केटाका मामाले समाजमा मुख देखाउनै लाज भएको बताएका छन् ।

उनीहरुले बिहे गरिरहेको समयमा भिडियो समेत खिचिएको थियो । अहिले माइजु र भान्जाबिच प्रेमपछि बिहे भएको एउटा भिडियो सोशल मिडियामा धेरै भाइरल भइरहेको छ । लखीसरायको चानन ब्लाक अन्तर्गत माननपुर गाउँमा बस्ने एक युवकले झाझा प्रहरी चौकीको डुमरमोह गाउँकी एउटी केटीसँग बिहे गरेका थिए ।

विवाह पछि रतनपुर साह टोलाका निवासी चन्दन साह आफ्नो मावलका बुवा हजुरआमा भेट्न मननपुर आउँथे । यसै बीचमा, माइजु भान्जाको नजीक भइन् र त्यसपछि ती दुवैले सबै स म्ब न्ध बिर्सेर एक हुने निर्णय गरे । अवसर देखेर दुबै भा गे र विवाह गरे ।

प्रतिक्रिया दिनुहोस