यस्तो छ पछिल्लो २४ घण्टाको कोभिड रिपोर्ट

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

नेपालमा कूल संक्रमित संख्या ६ लाख ७९ हजार १७, कूल मृत्यु संख्या ९६९५ र कूल निको हुने संख्या ६ लाख ४१ हजार पुगेको छ ।
१३ लाख ६६ हजारले आजसम्म पूर्ण डोज खोप लगाएका छन् । ३३ लाख ७७ हजारले पहिलो डोज लगाएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ

प्रतिक्रिया दिनुहोस