बाहिर निस्केको पेटलाई भित्र पसाउन चाहानुहुन्छ ? अपनाउनुस् यी ७ सजिला घरेलु उपाय !

आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् ।

मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं ।

निम्न उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छस्

१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी, आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।

२. गहँुको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।

३ दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।

४.मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।

५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।

६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।

७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस