कर्णालीमा कोरोना संक्रमण बढेसँगै बिभिन्न जिल्लामा निषेधाज्ञा लगाईदै

पछिल्लो समय कर्णालीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना भाईरसको दोस्रो लहरले चेन ब्रेक गरेको भन्दै निषेधाज्ञालाई खुकुलो बनाउदै लगेपछी कोरोना फैलावट बढेको छ । कर्णालीमा पछिल्लो केही साता अघि कतै सुन्य त कतै न्यून थियो । तर पछिल्ला केही दिनमा भने कोरोना संक्रमणको संख्याबढ्दै गएको कर्णाली प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।अस्ति शुक्रबार जुम्लामा ५८ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने कालिकोटमा २३ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना देखिएकाे थियाे । कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्नुमा कोरोना प्रति देखाईएको लापरबाही रहेको सरोकारवाला पक्ष बताउछन् ।

कर्णाली प्रदेश अन्तर्गत पर्ने हिमाली जिल्ला जुम्लामा अहिले जिल्लामा २२५ कोरोना सक्रिय संक्रमित छन् ।
कालिकोटमा कोरोनाका सक्रिय संक्रमित ७८ जना छन् । तीमध्ये ३७ जना महिला, ४१ जना पुरुष हुन्, जसमा कोभिड-१९ विशेष अस्पतालमा २० जनाको उपचार भइरहेको छ । आइसोलेसन सेन्टरमा २५ जना उपचारत छन् भने होम आईसोलेसनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कालिकोटले जनाएको छ । कालिकोटमा संक्रमितको संख्या बढेसँगै जिल्लामा आजदेखी लकडाउन लगाईने भएको छ ।

कालिकोटमा शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, र्‍याली, गोष्ठी तालिम, सेमिनार प्रर्दशन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुति रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस