पुषसम्म नेपालमा थप ५ लाख कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ ।

कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ । यसअघि पनि स्वास्थ्य मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै नेपाल कोरोना भाईरस तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बताएको थियो । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा केही हदसम्म चेन ब्रेक लागेता पनि संक्रमणको जोखिम अझ उच्च भएको भन्दै सरोकारवाला पक्षहरुले सचेत रहन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस