किन गरिए बुद्द एयरका दुई बिमानको आकस्मिक अवतरण

काठमाडौं । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । 9N-AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो ।
साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

त्यस्तै, बुद्ध एयरकै अर्को जहाज पनि आपतकालीन अवतरण गरिएको छ । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको जहाजमा एक जना यात्रु बेहोस भएपछि काठमाडौं नै डाइभर्ट गरेर आपतकालीन अवतरण गरिएको हो । उक्त विमान साँझ ७ बजेतिर अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ । बेहोस भएका व्यक्तिलाई झारेर अन्य यात्रुलाई बोकेर जहाज गन्तव्यतर्फ उड्ने बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस