घरमा असान्ती र धनको कमी हुने यी हुन आठ कारण :

यी ८ कारणले गर्दा हुन्छ घरमा असान्ती र धनको कमी घरमा सधैं लडाईं झगडा कलह हुन्छ भने यसको कारण तपाईंको घर भित्र नै लुकेको हुनु पर्छ यसको कारण पत्ता लगाउनुहोस र हटाउनुहोस यसो गर्दा सुख शान्ती हुने गर्दछ । ज्योतिषशास्त्रमा थुप्रै यस्ता कुराको बर्णन गरिएको छ जसले घर अशान्ति निम्त्याउछ साधारण लाग्ने यी कुराहरुले समस्या निम्त्याइ रहन्छ्न ।

हामीहरु घरको मुख्य ढोकामा पानीको भाडो व जग राख्ने गर्दछौ यो गलत हो कहिल्यै पनि मुख्यद्वारको नजिक पानीले भरिएको पात्र राख्नु हुँदैन यदी राख्नै परेपनी उत्तर-पूर्व या दक्षिण पूर्व दिशामा राख्नुपर्दछ । यसरी राख्दा सधैं देब्रे पर्ने गरी राख्नुहोस जसले सुख भित्रन्छ

घरको मुख्यद्वारमा पानीको पात्र राख्नले घरमा आर्थिक संकट उत्पन्न हुने गर्दछ । घरको मुखिया कुनै पर स्त्री सँग आकर्षित हुने गर्दछ । जसले गर्दा श्रीमान श्रीमती बिच सधैं अनबन रहन्छ । मुख्यद्वारमा राखिने पानीको पात्रले घर भित्र आउने सकारात्मक उर्जालाई सोसिदिन्छ ।

जसले गर्दा घरमा रोग ,आर्थिक संकट ,झगडा हुने गर्दछ । घरमा क्यालेन्डर राख्दा असाध्यै ख्याल गर्नुपर्ने हुन्छ । हामीले आफुलाई सुबिधा हुने तरिकाले क्यालेन्डरलाई आफुलाई सजिलो हुनेठाउमा झुन्ड्याउने गर्दछौ तर यो गलत दिशा तर्फ झुड्याइयो भने बिपरित प्रभाब पार्ने गर्दछ । क्यालेन्डरलाई कहिलेपनी ढोकाको अघी पछी झुड्याउनु हुँदैन । यसो गर्दा घरमा कुनै सदस्य बिमार हुने र आयु कम हुने विश्वाश छ । हामीले दैनिक प्रयोग गर्ने चक्कु ,कैची जस्ता धार भएका बस्तु कहिलेपनी गलत दिशामा राख्नुहुदैन यीनिहरुलाई सधैं दक्षिण-पूर्व दिशामा राख्नुपर्दछ ।

घरमा कहिल्यै पनि टुटेको फुटेको भाडा राख्नुहुदैन शास्त्र अनुसार यस्ता भाडा राख्दा देबी लक्ष्मी दुखी हुने हुँदा घरमा दरिद्रता हुने मान्यता रहेको छ । घरमा फुटेको ऐना राख्नले पनि अशुभ हुने मान्यता रहेको छ यस्ता ऐना राख्दा घरमा नकारात्मक उर्जा सकृय हुने र घरमा असान्ती हुने विश्वाश रहेको छ ।

आफु सुत्ने कोठामा जुठा भाडा राख्दा पनि गरीबी हुने मान्यता छ साथै तपाईं सुत्ने पलङमा कही दरार छ वा चर्केको फुटेको छ भने पनि श्रीमान श्रीमतीको सम्बन्ध बिग्रने डर हुन्छ । घरको तिजोरी वा धन राख्ने ठाउमा कुनै पनि बिबाद सँग सम्बन्धित कागज पत्र राख्नुहुदैन यसो गर्दा झगडा कमी हुनुको साटो दरिद्रता बढेर जान्छ । धार्मिक ग्रन्थलाई कहिल्यै पनि भान्सा कोठा वा सुत्ने कोठामा राख्नु हुँदैन यसो गर्दा अपवित्र हुन्छ र नकारात्मक असर पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस