आमाले दौडिरहेको गाडीबाट १ वर्षको बच्चालाई बाहिर फ्याँकिन्, पिताले हाम्फालेर बचाए

काठमाडौं। पतिसँग सामान्य रिसका कारण एक आमाले आफ्नो १ वर्षको बच्चालाई दौडिरहेको गाडीबाट बचाएका छन् । महिलाले यस्तो गरेपछि तत्कालै ती बालकका पिताले गाडीबाहिर हाम्फालेर बच्चालाई बचाएका छन् । घटना उत्तर प्रदेशको प्रयागराजको हो । भारतीय मिडियाका अनुसार आमाले दौडिरहेको ट्रेनबाट बच्चा फ्याँकेपछि बच्चा बाहिर खसेर करिब १०० मिटर पछाडि पुगिसकेका थिए । अहिले बच्चाको स्थिति ठिक भएको बताइएको छ ।

यमुनापारको छिवकी जंक्सनमा घटना भएको हो । घटनास्थलमा रहेका रेलवे पुलिस फोर्स र जीआरपीका जवानले पितासँग बच्चालाई अस्पताल लिएर गएका थिए । डाक्टरले बच्चाको प्रारम्भिक उपचारपछि अवस्था खतरामुक्त रहेको बताएका छन् । प्रयागराज मण्डलको छिवकी जंक्सनका बिहीबार बिहान पौने ८ बजेको समयमा जनता एक्सप्रेस मुम्बइतिर जाँदै थियो । यही ट्रेनको कोच संख्या बी २ मा मिर्जापुरको चुनारका शिवम सिंह र अंशु सिंह थिए ।

उनीहरु १ बवर्षको छोराको साथमा चुनारबाट मुम्बइ जाँदै थिए । शिवम सिंह मुम्बइमा सुरक्षा गार्डको काम गर्छन् । कोरोनाको समयमा उनी घर आएका थिए । अहिले उनी फेरि कामको लागि मुम्बइ जाँदै थिए । ट्रेनमा बच्चा पटक पटक रोइरहेका थिए । पतिले पत्नीलाई बच्चालाई दूध खुवाउन भने र यही कुराले विवाद सुरु भयो । विवाद बढ्दै गएपछि रिसमा आमाले बच्चालाई दौडिरहेको ट्रेनको झ्यालबाट बाहिर फ्याँकिदिइन् ।

ट्रेनभित्रका सबै मानिसहरु यो देखेर आत्तिए तर बच्चाका पिताले भने तत्कालै ट्रेनबाट हाम्फाले र करिब १०० मिटर दौडिएर बच्चालाई काखमा उठाए । छिवकी रेलवे पुलिस इन्स्पेक्टर जीएस उपाध्यायका अनुसार जीआरपी र आरपीएफले कुनै केस दर्ता गरेका छैनन् । बच्चा खतरामुक्त छन् । जानकारहरुका अनुसार महिलाको मानसिक अवस्था ठिक छैन । घटनापछि पिता आफ्नो बच्चालाई लिएर घर गएका छन् ।

प्रतिक्रिया दिनुहोस