जसपा विवाद – महन्थ पक्षका १७ जना पार्टीबाट निष्कासीत

काठमाडौं । पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको छ।
लामो समय देखी जसपा आधिकारीकता विवाद चलिरहेको बेला हिजो निर्वाचन आयोगले जसपा उपेन्द्र पक्षलाई आधिकारीकता दिएको छ । आधिकारीकता विवादले निचोड पाएपछी आज

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निस्काशन गरेको हो ।
सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए ।

ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने जसपाले बताएको छ।
यसैबीच ठाकुर पक्ष निर्वाचन आयोगविरुद्ध अदालतमा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस