टोकियो ओलम्पिक – आज गौरिका सिंहको प्रतिस्पर्धा यस्तो छ सम्भावना

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज पौडीतर्फ नेपाली खेलाडी गौरिका सिंहको खेल परेको छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

गैरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

एनको उत्कृष्ट टाइमिङ ५८।१३ सेकेण्डको हो । तर त्यो २५ मिटरको सर्ट कोर्षमा खेलिएको थियो । टोकियो आटिकको ५० मिटर लङ कोर्षमा उनले टाइमिङ सुधार गर्ने अपेक्षा गरिएको छ । महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२।६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ ।

हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् ।

पौडी खेलाडी अजेक्जेन्डर शाहले हिजो १ सय मिटर फ्रिस्टाइलमै राष्ट्रिय कीर्तिमान बनाएका थिए । हिट चरणमा शीर्ष स्थानमा रहे पनि उनको टाइमिङ अर्को चरणका लागि पर्याप्त भएन ।

शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको खेल यसअघि नै सकिसकेको छ भने शुक्रबार एथलेटिक्सकी सरस्वती चौधरीको खेल हुन बाँकी छ । यसपल्ट ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी समावेश थिए ।

प्रतिक्रिया दिनुहोस