कांग्रेस पदाधिकारी बैठक आज बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनबारे छलफल हुने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठक ११ बजेका लागि तय भएको भएपनि बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक भएका कारण सुरु हुन ढिलाइ भएको उनको भनाइ छ । समितिले बुझाएको प्रतिवेदनमा देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएपनि केही जिल्ला र वडामा भने विवादका कारण सदस्यता टुंगो लाग्न सकेको छैन ।

समितिले बुझाएको प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीको क्षेत्र नम्बर २ को विवाद मिल्न नसकेको उल्लेख छ । त्यस्तै बारा र सप्तरीको नयाँ सदस्यताबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि समितिले अनुरोध गरेको छ । यस्तै सोलुखुम्बुका ५१५ जना र बाराका १६६ जनाको विषयमा पनि सहमति जुटाउन नसकिएकोले नेतृत्वलाई जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस