रोमान्स गर्न पाएपछि आफ्नै भाउजु, सालीलाई समेत छाडेनन् यी बलिउड कलाकारले

एजेन्सी : बलिउडमा केहि यस्ता नायक र नायिकाहरु छन् जसले पर्दामा भाउजु, साली र भाईसँग समेत काम गरेका छन्। तर जब उनीहरुले फिल्ममा रो-मान्स गरे त्यो समयमा उनीहरुको कुनै सम्बन्ध थिएन।

१. सैफ अलि खान(Saif Ali Khan) र करिश्मा कपूर(Karisma Kapoor) : १९९९ मा सैफ अलि खान र करिश्मा कपूरको जोडी फिल्म हम साथ-साथ है(Hum Saath – Saath Hain) मा देखिएको थियो । स्क्रिनमा दुई जनाले रो-मान्स गरेको देखिएको थियो । बताएअनुसार करिश्मा नाताले सैफको साली पर्छ । सैफको श्रीमती करिना कपूर(Kareena Kapoor)को बहिनी हो । यो फिल्म रिलिज भएको १३ वर्षपछि सैफ र करिनाको बिहे २०१२ मा भएको थियो।

२. अनिल कपूर(Anil Kapoor) र श्रीदेवी(Sridevi ) : दिवंगत अभिनेत्री श्रीदेवी नातामा अनिल कपूरको भाउजु पर्दछ । श्रीदेवी अनिलको दाई बोनी कपुरको श्रीमती हो । अनिल कपूरले आफ्नो भाउजु अर्थात् श्रीदेवीसँग सिल्वर स्क्रीनमा रो-मान्स गरेका थिए । अनिल र श्रीदेवीले मिस्टर इन्डिया(Mr. India) सन् १९८७, लम्हे(Lamhe) सन् १९९१, रूप की रानी चोरों का राजा(Roop Ki Rani Choron Ka Raja) सन् १९९३, लाडला(Laadla) १९९४, जुदाई(Judaai ) सन् १९९७ लगाएत धेरै फिल्ममा सँगै काम गरेका छन्। यी मध्ये श्रीदेवी र अनिल कपूरको फिल्म जुदाई बोनीसँगको बिहेपछि आएको थियो। बाँकी सबै फिल्म बिहेभन्दा पहिलेको थियो।

३. अजय देवगन(Ajay Devgan) र रानी मुखर्जी(Rani Mukerji) : रानी मुखर्जी नातामा अजय देवगनको साली पर्छ। यी दुवै जनाले सिल्वर स्क्रिनमा रो-मान्स गरेका छन् । रानी मुखर्जी र अजय देवगनले चोरी-चोरी(Chori Chori) २००३ र एलओसी कारगिल(LOC: Kargil ) २००३ मा सँगै काम गरेका थिए। बताएअनुसार रानी अजयको श्रीमती काजोलकी भान्जी हो। अजय र काजोलले १९९९ मा बिहे गरेका थिए ।

४. अशोक कुमार(Ashok Kumar) र मधुबाला(Madhubala) : अशोक कुमार नातामा मधुबालाको देवर पर्छ। तर पनि उनीहरुले सिल्वरको स्क्रिनमा रो-मान्स गरेका थिए । उनीहरुले महल(Mahal) १९४९, निशान(Nishan ) १९५०, एक साल(Ek Saal) १९५७ हावडा ब्रिज(Howrah Bridge) १९५८ सहित अन्य फिल्महरुमा काम गरेका छन्। यो सबै फिल्म मधुबालाले किशोर कुमारसँग बिहे गर्नुभन्दा पहिले गरेकी थिईन्।

प्रतिक्रिया दिनुहोस