अमेरिकाले यो बर्ष क्वाड सम्मेलन आयोजना गर्ने

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो बर्ष क्वाड सम्मेलन आयोजना गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले यो बर्ष क्वाड (अमेरिका, अस्ट्रेलिया, भारत र जापानको रणनीतिक फोरम) सम्मेलनको आयोजना गर्ने भएका हुन् । सदस्य राष्ट्रका प्रमुखहरुको व्याक्तिगत उपस्थिति रहने यो पहिलो क्वाड सम्मेलनको मिति भने तोकिएको छैन । गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेन,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री सुगा योसिहिदे उपस्थित क्वाडको पहिलो बैठक भने भर्चुअल रुपमा आयोजना गरिएको थियो । इन्डो प्यासिफिक क्षेत्रको अमेरिकी संयोजक कर्ट क्याम्पबेलले यो बर्ष हुने क्वाड सम्मेलन अमेरिकाले आयोजना गर्ने बताएका हुन् ।

यो सम्मेलनमा कोभिड १९ बिरुद्ध खोप नीति तथा पूर्वाधार बिषयमा निर्णायक प्रतिबद्धता हुने क्यापबेलले बताएका छन् । सम्मेलनमा सदस्य चार मुलुकहरुले आगामी सन् २०२२ मा इन्डो प्यासिफिक मुलुकहरुमा एक अर्ब डोज जोनसोन एण्ड जोनसोन कोभिड १९ बिरुद्धको खोप उपलब्ध गर्नेबारे छलफल हुने बताईएको छ । इन्डो प्यासिफिक क्षेत्रमा चीनको विस्तारवादी नीतिको प्रतिरोधको रुपमा क्वाड रणनीतिक फोरमलाई लिईने गरिन्छ । स्रोत द टाईम्स अफ इण्डीया

प्रतिक्रिया दिनुहोस