रुदाँ रुदाँ थाकिन शिल्पा !

बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दाको विषयमा छलफल भएको छ ।मुम्बई उच्च अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ ।

सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ ।न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ ।

सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ ।नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी र मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

उनले मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी थिइन् ।अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् ।

प्रतिक्रिया दिनुहोस