कांग्रेस महाधिवेशन – काठमाडौंमा त्रिपक्षीय भीडन्त

काठमाडौं : नेपाली काँग्रेसलाई यतिबेला १४ औं महाधिवेशनले छोपेको छ। गाउँदेखि केन्द्रसम्म महाधिवेशन केन्द्रित गतिविधि बढ्न थालेका छन्। नेता कार्यकर्ताको भेट बाक्लिएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पार्टीको नेतृत्व गर्ने इच्छा व्यक्त गरिसकेका छन्। यसबिच उनलाई फेरि पार्टीको नेतृत्वमा पुर्या उनबाट रोक्न नेताहरु छलफलमा जुटेका छन्।

काठमाडौं जिल्ला सभापतिका लागि अहिलेसम्म आधा दर्जन आकांक्षी अगाडि देखिएका छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधान र सभापति शेरबहादुर देउवाको प्रभाव छ । अघिल्ला महाधिवेशनमा देउवा समूह निर्णायक हुँदै आएको छ । १४औँ महाधिवेशनमा सभापतिका लागि हालका जिल्ला सभापति सबुजकृष्ण बानियाँसहित क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडी आकांक्षी छन् । सिंहनिकट बानियाँले १३औँ महाधिवेशनमा देउवा समूहको सहयोगमा सभापति जितेका थिए । कार्की, श्रेष्ठ र खड्का तीनैजना सभापति देउवानिकट हुन् । अधिकारी र दवाडी नेता प्रधाननिकट हुन् । खड्का तत्कालीन प्रजातान्त्रिक कांग्रेसका काठमाडौं सचिव थिए भने अधिकारी टोखा नगरपालिकाको मेयरमा पराजित उम्मेदवार तथा कांग्रेसका महासमिति सदस्य हुन् । दवाडी भने काठमाडौंकै पूर्वउपसभापति हुन् ।

प्रतिक्रिया दिनुहोस