आँकका २ पात जसले च्वाट्टै पर्छन सुगर अर्थात् मधुमेह,यस्ता छन् अन्य फाइदाहरु तथा प्रयोग गर्ने तरिका जानीराखौं

एजेन्सी । आँक बारे धेरैलाई थाहा नहुन सक्छ, तराई भेगका बगरमा तथा बाटोमा आँक देखिन्छ । आँक सुख्खा ठाउँमा हुर्कने बिरुवा हो । शुख्खा ठाउँमा यो जताततै भेटिन्छ । सजिलै भेटिने हुनाले होला, यस बारे मानिसले त्यति वास्ता गर्दैनन् । तर यसको प्रयोग गर्न जानेमा धेरै फाइदाजनक हुन्छ ।

हाम्रै घर वरिपरि पाइने यी पातको प्रयोगले तपाइलाई सुगर रोगबाट मुक्त बनाउन पूर्ण मद्दत गर्नेछ । यो आँकको ३ पात पैतालाको तल पट्टि सफा संग धोएर यो आँकको पातको पछाडी पट्टिको भाग पैतालाको भागमा पर्ने गरि टास्नुहोस र मोजा लगाएर राख्नुहोस यसरि राखेको आँकको पात ले सुगर लेवल नियन्त्रण गर्नेछ |

यसलाई औषधिको रुपमा प्रयोग गरिने गरिन्छ । यसले धेरै फाइदा गर्छ । यसको जराको बोक्रा रगतमासी आँऊ परेकोलाई ठिक गर्छ । आँकले शरीरमा पसिना आउने क्रियालाई बढाउन र कफ बाहिर निकाल्न प्रयोग गरिन्छ । कब्जियतको समस्यालाई आँकले समाभान गर्छ ।

यसको चोपले पोल्छ तर सिउँडीसँग मिसाएर कब्जियतलाई ठिक गर्न प्रयोग गरिन्छ । यसको फुललाई धूलो बनाई रुघाखोकी दम जुका परेकोलाई प्रयोग गरिन्छ । अपच भएमा पनि यसको प्रयोग गरिन्छ ।

आँकको वोट हर्षा, रक्तबिकार, टाउको र कान दुखेको, दुबी, बाबासीर, अल्सर, शरीरमा गाँठागुठी आएको कुष्ठरोग, भिरिङ्गी, रगतमासी, आंऊ, बान्ता, पखाला, पेटमा जुका परेको, हातखुट्टाको जोर्नी र मांसपेशी दुखेकोसुन्निएको शरीरभित्रका मुटु, कलेजो, फियो, पित्तथैली, फोक्सो आदि अंगहरू सुन्निएको अवस्थामा उपचार गर्न प्रयोग गरिन्छ । बारम्बार आईरहने ज्वरोलाई यसको पातको रसले ठिक गर्छ ।

यसको पातको सेतो चोप आँखा तथा अन्य संबेदन शिल अंगको लागि हानिकारक हुने भएको ले साबधानी पुर्वक गर्नुहोला ,बालबालिका तथा सुत्केरी यसको प्रयोग नगर्नुहोला । यो घरेलु उपचारमा मात्र भर चाहिँ नपर्नुस् । सुगर अर्थात् मधुमेहका लक्षण देखिए भने तत्कालै चिकित्सकलाई देखाउनुस् ।अनि खानेकुरामा पनि परहेज गर्ने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस