प्रचण्ड र माधव नेपालबीच भेटवार्ता , यस्तो भयो कुराकानी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला प्रचण्ड र नेता नेपालबीच आइतबार बिहान भेटवार्ता भएको प्रचण्ड निकट स्रोतले बतायो । प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् ।

भेटवार्तामा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिएको बुझिएको छ । प्रधानमन्त्री देउवाले पनि एमालेको माधव पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । तर नेता नेपालले पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने पक्षमा छन् । यद्यपी प्रधानमन्त्री देउवालाई साउन ३ गते विश्वासको मत दिएका कतिपय सांसदहरु सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाली काँग्रेसलाई यतिबेला १४ औं महाधिवेशनले छोपेको छ। गाउँदेखि केन्द्रसम्म महाधिवेशन केन्द्रित गतिविधि बढ्न थालेका छन्। नेता कार्यकर्ताको भेट बाक्लिएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पार्टीको नेतृत्व गर्ने इच्छा व्यक्त गरिसकेका छन्। यसबिच उनलाई फेरि पार्टीको नेतृत्वमा पुर्या उनबाट रोक्न नेताहरु छलफलमा जुटेका छन्।

काठमाडौं जिल्ला सभापतिका लागि अहिलेसम्म आधा दर्जन आकांक्षी अगाडि देखिएका छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधान र सभापति शेरबहादुर देउवाको प्रभाव छ । अघिल्ला महाधिवेशनमा देउवा समूह निर्णायक हुँदै आएको छ । १४औँ महाधिवेशनमा सभापतिका लागि हालका जिल्ला सभापति सबुजकृष्ण बानियाँसहित क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडी आकांक्षी छन् । सिंहनिकट बानियाँले १३औँ महाधिवेशनमा देउवा समूहको सहयोगमा सभापति जितेका थिए । कार्की, श्रेष्ठ र खड्का तीनैजना सभापति देउवानिकट हुन् । अधिकारी र दवाडी नेता प्रधाननिकट हुन् । खड्का तत्कालीन प्रजातान्त्रिक कांग्रेसका काठमाडौं सचिव थिए भने अधिकारी टोखा नगरपालिकाको मेयरमा पराजित उम्मेदवार तथा कांग्रेसका महासमिति सदस्य हुन् । दवाडी भने काठमाडौंकै पूर्वउपसभापति हुन् ।

प्रतिक्रिया दिनुहोस