सोच्नै नसकिने गरी घट्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।सुन तोलामा १०० रुपैँयाले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ थियो ।चाँदीको मूल्य आज स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ नै कायम गरिएको छ ।

शनिवार देखि मेलम्चीमा फेरी बाढीले के के गर्यो ? घरबार विहिन बनाउने क्रम रोकिएन
काठमाडौ । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो।

ती घर खाली थिए। उनका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन्। हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिए। उनले जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह गरे।

बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो। बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ।

 

प्रतिक्रिया दिनुहोस