अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारसको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्।

‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन्। नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन्।पारसले यसअघि लामोसमय नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालेका पारसले केहि समय अघि राष्ट्रिय टिमको कप्तानी छाडेका थिए ।

इजरायल रोजगारीका लागि फाराम भर्न समस्या भयो ? यहाँ छ सजिलो तरिका
काठमाडौं । वैदेशिक रोजगार विभागले गत मंगलबार इजरायलको केयर गिभर रोजगारीका लागि आवेदन दिने सूचना जारी गरेपछि नेपालीहरुले फाराम भर्न थालेका छन् । वैदेशिक रोजगारीको मुख्य गन्तब्य रहेको इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने बताएको छ । जसमा महिला कामदार ७० प्रतिशत अर्थात ७ सय जना र पुरुष कामगार ३० प्रतिशत अर्थात ३ सय जनाले यो अवसर पाउने छन् ।

आवेदन दिने चाप उच्च भए पछि अनलाईन मार्फत आवेदन फाराम भर्न निकै समस्या भएको गुनासो आउन थालेको छ । धेरै रोजगार आकांक्षीहरूले अनलाइनमार्फत आवेदन दिने प्रयास गरेपनि आवेदन पोर्टल खुल्न नसकेको बताएका छन् ।

तर विभागले झुक्किनु वा अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएको छ । विभागका सूचना प्रविधि शाखाका अनुसार विभागको वेबसाइटमा इजरायल रोजगारीका लागि भनेर सूचना राखिएको र त्यहाँ क्लिक गर्‍यो भने त्यहीँबाट सजिलै आवेदन भर्न सकिनेछ ।

अनलाइन आवेदन दिँदा व्यक्तिगत जानकारी ९पर्सनल डिटेल० मा गएर आफ्नो व्यक्तिगत जानकारीहरू राखेपछि क्रमशः आफ्नो शिक्षा, तालिम, फोटो, पासपोर्ट र नागरिकता अपलोड गर्नुपर्नेछ ।

प्रणालीमा आफुले भरेका सबै विवरणको प्रि–भ्यू हेर्न मिल्ने र त्यसमा इडिटको विकल्प पनि रहेकोले अघि भरिएका केही विवरण सच्याउन पनि पाइने भएकाले असावधानीबस गलत विवरण परेका भएपनि सच्चाउन सकिने विभागले जनाएको छ ।

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् । सरकारी तवरबाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ । कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस