सुन्दा अचम्म लाग्ला तर कुनैबेला अरुको घरमा भाडा माझ्ने यी खेलाडी ओलम्पिकमा स्वर्ण पदक जितेपछि रातारात अरबपति

काठमाडौं । कुनै बेला अरुको घरमा भाडा माझ्ने फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् ।
उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् ।

सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो व्यक्तिगत कीर्तिमान पनि सुधार गरेकी छन् ।फिलिपिन्स ले सन् १९२४ मा भएको पेरिस ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएको थियो ।

तर, अहिलेसम्म मुलुकको लागि स्वर्णपदक भने कसैले पनि जित्न सकेका थिएनन् । डियाजले टोकियो ओलम्पिक आफ्नो लागि अन्तिम ओलम्पिक हुने घोषणा गरिसकेकी छन् । ** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला **

डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन्। डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन्। ‘खीर बाजे’का नामले परिचित देउवा मासिक एकददेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन्।

सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर बिक्री गर्न सफल व्यापारी छन्। ढल्कँदै गरेको उमेर भए पनि आजभोलि उनी अहोरात्र खटिएर खीर व्यवसाय गरिहेका छन्। सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको प्रमुख भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताए।

सुदूरपश्चिममा मात्रै नभई सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेको उनको भनाइ छ। उनले पकाएको खीर मीठो हुने भएकाले बाजको खीर पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको स्थानीयवासी प्रकाश थापाले बताए।

प्रतिक्रिया दिनुहोस