आफ्नो घर भत्काएको देखेर महाकवी लक्ष्मीप्रसाद देवकोटाका छोराले भावुक हुँदै भने, मन दुख्दो रहेछ’

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर भत्काउन थालिएको छ । देवकोटाको घरलाई संग्रहालय बनाउनका लागि भत्काउन थालिएको हो । त्यो घरमा महाकवीका स्मरण छन् । त्यसैले उनको त्यो घरलाई संग्राहलय बनाउन लागिएको हो । कविकुञ्ज भनिने देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको हो ।

महाकवि देवकोटा पुत्र तथा अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाले आफू जन्मेको घर भत्किदै गरेको दृश्यले भावुक भएका छन् । उनले सामाजिक सञ्जालमा आफनो भत्काउँदै गरेको घरको तस्बिर राखेर निकै भावुक स्टटास लेखेका छन् । उनी लेख्छन्, ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।

प्रतिक्रिया दिनुहोस