किन बिग्रिन्छ महिनावारी ? महिनावारी हुँदा के के कुरामा ध्यान दिने ?

सामान्यतया महिलाहरुको डिम्वाशयहरुवाट अण्डाहरु उत्पादन हुन्छ । ती डिम्वाशयहरुवाट एस्ट्रोजिन र पोजेस्टेरोन नाम गरेका हर्मोनहरु निस्कन्छन् । यी हर्मोनहरुको प्रभावले पाठेघरको भित्री तहमा हुने परिवर्तहरुको फलस्वरुप माहिनाको एक पटक महिनावारी वा रजस्वला हुन्छ ।

महिनवारि भनेको महिलाको शरीरमा हरेक महिनाको एकचोटी गुप्ताङबाट रक्तश्राब हुने प्रकृया हो। यो हुनु भन्नाले एउटा केटी बच्चा महिलामा रुपान्तरन भई एउटा आमा बन्न शरीरमा परिबतन हुनु हो।

महिनावारि कुन उमेरबाट सुरु हुन्छ ?

– यो विभिन्न भौगोलिक बातावरण अनुसार, जेनेतिक फाक्तोर अनुसार हरेक देश अनुसार फरक फरक हुन्छ। तर सामान्य रुपमा यो १३-१४ वर्ष देखी सुरु हुन्छ।

महिनावारि किन गडबडी हुन्छ ?

– महिनवारिको सुरुवाती दिनहरुमा महिनावारी गडबडी हुनु एकदमै सामान्य हो तर उमेर बढ्दै जाँदा गडबडी धेरै कारणले हुने गर्द्छ।

– तनाव,शारीरिक रूपमा अस्वस्थ, रगत को कमी, थाईराईडको गोलमाल, डिम्वाशयमा कुनै किसिमको रोगको कारण, जथाभावी औषधी सेवनको कारण ।

महिनावारिमा कपडाको प्रयोग कतिको उचित हुन्छ?

कपडाको प्रयोग एक्दमै उचित छ तर कपडा पायो भन्दैमा जुन पायो तेही चाँही प्रयोग गर्नुहुँदैन। यसको प्रयोग गर्दा एकदमै ध्यान दिनु पर्छ।

नरम तथा धेरै सोस्ने शक्ति भएको सफा कपडाकोको प्रयोग गर्नुपर्द्छ। प्रयोग गरिसकेपछी कपडालाई एकदमै राम्रोसँग धोएर सफा गरेर, घाममा सुकाउनु पर्दछ र ईस्त्री गरेर अर्को पटकको लागि राख्नुपर्द्छ।

महिनावारिमा सरसफाईमा कसरी ध्यान दिने ?

– प्याड अथवा कपडा जम्ने हालत सम्म प्रयोग नगर्ने।

– ३-४ घण्टा भन्दा लामो समय सम्म प्याड अथवा कपडाको प्रयोग नगर्ने।

– हरेक पटक प्याड अथवा कपडा परिवर्तन गर्दा आफ्नो योनी सफा पानीले सफा गर्ने।

– सफा कपडाको मात्र प्रयोग गर्ने।

– प्याड जथाभाबी नराखने, कागजमा बेरेर मात्र फयाकने

के महिनावारिमा पेट, ढाड दुख्नु सामान्य हो?

– यो समस्या सामान्य हो तर यदी अधिक मात्रमा भयो भने चाँही यो सामान्य होइन। धेरैजसो महिलाहरु यो सामान्य हो भनेर दुखाइ सहेर बस्छन।

तर अधिक दुखाइ भएको खण्डमा महिनावारि मात्र नभएर अरु रोग पनि हुनसक्छन। यस्तो अवस्थामा नजिकको स्वास्थ्यसंस्थामा गएर चेकअप गराईहाल्नुपर्छ।

महिनावारी रोकने Pills ले के कस्तो असर गर्छ?

– महिनावारी रोकने Pills ले हाम्रो शरीरमा उत्पादन भएको हार्मोनलाई त्यो समयमा जुन बेला हार्मोन निस्केर महिनावारी हुनुपर्छ त्त्यसलाई रोकेर अर्को हार्मोनलाई लम्बाईदिन्छ।

Pills एकदुई पटक प्रयोग गर्दा खासै फरक पर्दैन तर यसलाई धेरै पटक प्रयोग गर्यो भने महिनावारीमा गडबडी, अर्को महिनावारीमा अत्याधिक रक्तश्राब र कहिलेकाही त बच्चा पाउन नसक्ने पनि हुनसक्छ।

महिनावारिमा यौनसंम्पर्क राख्न मिल्छ कि मिल्दैन?

महिनावारी एउटा महिलाको जीवनमा हुने नर्मल साईकल हो। दुईजना जोडी बिहे गरेर सँगै बस्न थालिसकेपछि यौनसम्पर्क राख्नु पनि सामान्य नै हो। तर महिनावारिको समयमा महिला आफै पनि कमजोर भईरहेकी हुन्छिन्, उसलाई आरामको एकदमै जरुरत हुन्छ।

यो समयमा पाठेघरको मुख पनि खुल्ला हुने गर्छ र यदि यो समयमा यौनसम्पर्क राख्यो भने पुरुषबाट संकम्रण सर्न सक्ने सम्भावना हुन्छ। यो समयमा यौनसम्पर्क राख्नै नमिल्ने चाँही होइन तर सकेसम्म नराखेकै राम्रो।

महिनावारि भएको कति दिनमा बच्चा बस्छ?

यो उसको डिम्वाशयवाट अण्डा कतिबेला निस्किरहेको छ भन्ने कुरामा भरपर्छ। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा अण्डा निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर अण्डा निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। अण्डा निस्किएको ४८ देखि ७२ घण्टासम्म महिलाको फालोपन भित्र शुक्रकीटहरू बाँच्छ सक्छन्।

त्यसैले डिम्वाशयवाट अण्डा निस्कनु केहीदिन अघिको र केही दिनपछिको समयलाई गर्भाधारणको दृष्टिकोणले सुरक्षित काल मानिन्छ भने गर्भ नचाहिनेकोलागि असुरक्षित मानिन्छ।

महिनावारि कुन उमेरमा गएर बन्द हुन्छ? यो के को सङ्केत हो ?

– नेपालमा सामान्यता महिनावारि बन्द हुने उमेर भनेको ४८-५२ वर्ष हो। महिनावारि बन्द हुनु भनेको एउटा महिलालाई अब आमा बन्न पुगिसक्यो र अब उसको शरीरमा हर्मोने घट्ने क्रम सुरु हुनु हो। महिनावारी सुरु हुनु सामान्य भएजस्तै सुक्नु पनि सामान्य नै हो तर महिनावारि बन्द भएपछि अरु रोगहरु सुरुहुन्छ । मुटु रोग, हाड जोरनि र नशाको रोग, मधुमेह र अरु ।

महिनावारि सुक्ने समयमा महिलाको हर्मोने मा अचानक परिवर्तन आउने हुनाले यो बेलामा महिलाहरुलाई प्रेसर बढ्ने, छिन्छिनमा रिस उठ्ने हुन्छ। बिस्तारै पछी २ महिनामा १ चोटि, छ महिनामा १ चोटि हुँदै बिस्तारै सुक्दै जान्छ ।

यो समयमा महिलाहरुले सम्पूर्ण हेल्थ चेकअप गराउनु पर्दछ। सबैभन्दा महत्वपूर्ण पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र स्तन्को क्यान्सर हुन नदिन क्यान्सर स्क्रीनिङहरु गराउनु पर्द्छ।

(स्त्री क्यान्सर रोग विशेषज्ञ तथा नेपालकै प्रथम लेजर थेरापी विशेषज्ञ डा.सुशिला बैद्यसँगको अन्तर्वातामा आधारित )

प्रतिक्रिया दिनुहोस