कोरोना भाइरस भगाउन भन्दै क्रिश्चियन पास्टरले डिटोल पिलाइदिएपछि…..

केन्या, ।केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल खुवाएको तथ्य सार्वजनिक भएको छ ।पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका विश्वासीहरुलाई घरेलु किटाणु नासक डिटोल खुवाएका हुन् ।

सोही घटनापछि दक्षिण अफ्रिकामा ५९ जना मानिसको मृत्यु भएको थियो । साथै चारजनाको अवस्था गम्भीर अवस्थामा पुगेको छ । तर मृत्यु भएका ती व्यक्तिहरुलाई नै पास्टरले डिटोल पिलाएको हो वा हैन भन्ने यकिन नभएको रिपोर्टमा उल्लेख छ ।

केन्या टुडेको ‘फ्याक्ट चेक’ पछि हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार यस्तो घटना बाहिरिएको हो । पास्टर फाला विवादित व्यक्ति समेत हुन् । यसअघि पनि उनले पटक पटक यस्तै गैरकानुनी हर्कत गर्दैआएका छन् । २०१८ मा उनले क्रिश्चियन विश्वासीहरुलाई जिससको रगत भन्दै डिटर्जेन्ट जिक पिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस