आगामी रणनीति तय गर्न माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै : ओली पक्षको आपत्ति

काठमाडौं, २१ साउन । काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् ।

संसद् पुनःस्थापना र नयाँ सरकार गठनपछि पहिलो पटक नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा लिन बैठक बोलाइएको नेपाल पक्षले बताएको छ ।

अध्यक्ष केपी ओली पक्षले नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाउँदै बैठकमा भाग नलिन विज्ञप्तिमार्फत नेताहरुलाई आग्रह गरेको छ । बैठकमा जाने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी ओली पक्षले दिएको छ ।

प्रतिक्रिया दिनुहोस