संसारकै लामो यो अनौठो कारमाथि स्विमङपुलदेखि हेलिप्याडसम्मको छ सुविधा

काठमाडौं— विश्वको सबैभन्दा लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिईन्छ । उक्त कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेका छन् ।

यस कारको लम्बाई १०० मिटर रहेको छ कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन् ।विश्वको सबैभन्दा लामो कारका रुपमा यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको छ । उक्त कारलाई फेरी नयाँ रुप दिइने भएको छ ।

यो कार ९० को दशकमा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले सन् १९८६ मा डिजाइन गरेका थिए ।यो कार २६ वटा पांग्राको सहायताले चल्ने गर्दछ । कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो ।

कारमा आधुनिक बिलासी सरसामानले सजीसजाउ भएपनि कारको उचीत हेरचाह हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको थियो ।उक्त कार लामो समयदेखि न्यू जर्सीको एउटा गोदाममा सडेर रहेको छ । हाल यसको झ्याल र छत टुटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस