बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित प’क्राउ

काठमाडौं। बाख्रासँग बिहे गर्ने एक युवक र बिहे गराइदिने पण्डितलाई प्रहरीले हि’रास’तमा लिएको छ । ती युवकले बाख्रासँग बिहे गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले ए’क्सन लिएको हो ।

यो बिहेको भिडियो अहिले पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।यो बिहे पाकिस्तानको मि’रपुरखास जिल्लामा भएको पाकिस्तानी मिडिया द न्यूजले जनाएको छ । बाख्रासँग बिहे गर्ने युवक हि’न्दू हुन् र उनको नाम अशोक भे’ल भएको बताइएको छ ।

भिडियोमा अशोकले मि’रपुरखास जिल्लाको डि’गरी क्षेत्रमा बाख्रासँग बिहेको सबै रि’तिरिवाज पूरा गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित भएको देखिन्छ ।पछि प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने प’ण्डित भगत भेललाई हि’रासतमा लिएको समाचारमा जनाइएको छ ।

प’ण्डित भगतले प्रहरीलाई बताएअनुसार उनीहरुको वि’श्वासमा कुनै पनि विधवा वा सम्बन्धविच्छेद गरेकी महिलाले अ’विवाहित युवकसँग बिहे गर्नु हुँदैन । त्यसैले ती युवकको पहिले बाख्रासँग बिहे गराइदिएर उनलाई ‘विवाहित’ बनाउन खोजिएको हो ।यो घ’टनाभन्दा अघि पनि ब्राजिलमा एक प्रौढले यसैगरि बाख्रासँग विवाह गरेका थिए ।

उनले यसरी बाख्रासँग विवाह गर्नुको आफूसँग प्रयाप्त कारण भएको पनि बताएका थिए ।केही वर्ष पहिले भारतको उ’त्तराखण्डको ध’नौल्टी भन्ने स्थानमा बाख्रासँग विवाहका लागि बाख्रा स्वय’म्वरको आ’योजना भएको थियो । रीति, विधि र परम्परागत शैलीमा त्यहाँ बाख्राहरुको स्व’यम्वर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस