केन्द्र शासित प्रदेश लद्दाखमा विविध विकास परियोजना सञ्चालन

नयाँ दिल्ली । भारत सरकारले लद्दाखलाई केन्द्र शासित प्रदेश घोषणा गरेपछि विभिन्न विकास कार्यक्रमहरु सञ्चालनमा ल्याईएको छ ।सन् २०१९ अगष्ट ५ मा लद्दाखलाई केन्द्र शासित क्षेत्र घोषणा गरेपछि भारत सरकारले लद्दाखलाई स्वच्छ, हरियाली, स्वस्थ तथा सम्पन्न बनाउने लगायतका विकास परियोजनाहरु सुरु गरेको छ ।

लद्दाखको समग्र विकासका लागि स्थानीयहरुले सन् १९४९ मा नै केन्द्र शासित क्षेत्रको माग गरेका थिए । भारत सरकारले लद्दाखलाई केन्द्र शासित क्षेत्र घोषणा गर्नेबारे सन् २०१९ मा स्वीकृत गरेको थियो । विगत लामो समययता बेवास्ता गरिएको क्षेत्र लद्दाखमा सबै किसिमका विकास योजनाहरु ल्याउन सरकार लागिपरेको छ । भारत सरकारले लद्दाखको हिमालय भौगोलिक जटिल क्षेत्रमा टनेल तथा सडक निर्माणजस्ता पूर्वाधार विकास परियोजनाहरु सञ्चालनमा ल्याएको छ ।

हाल लद्दाखका दुर्गम गाउँहरुमा फाईबर अप्टिक केबल मार्फत टेलीफोन तथा इन्टरनेट सेवा सञ्चालन गरिएको छ । लद्दाखमा सर्वसाधारणको दैनिकीलाई प्रभाव पार्ने सबै प्रकारका विकास कार्यक्रमहरु ल्याईएको छ । भारत सरकारले लद्दाखको विकासका लागि आर्थिक बर्ष २०२० २०२१ मा करिब साठी अर्ब रुपैँया बजेट छुट्याएको थियो । स्रोत साउदी गजेट

प्रतिक्रिया दिनुहोस