भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं– सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । सरकारको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै बदर गर्न माग गरिएको छ ।साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयको प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ ।

‘तपाईंको मास्क खै’ अभियान सुरु
गुल्मी– कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गुल्मीमा ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ ।‘म पनि माक्स लगाउछु, अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा अभियान सुरु गरिएको हो ।

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि अभियान चलाइएको हो । यसैगरि कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहर फैलिन सक्ने भन्दै जिल्लामा मास्क लगाउन कडाइ गर्दै अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गरिएको छ । गुल्मी जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस