जम्मु काश्मीरमा अर्गानिक खेती समृद्धि, चुनौति र सम्भावना

जम्मु काश्मीर । औधोगिक युगको उद्गमसँगै प्रविधि विकासले कृषि प्रणालीलाई धेरै सहज बनाएको छ ।आधुनिक उत्पादन प्रविधिले जीविकोपार्जन र रोजगार वृद्धिमा सहजीकरण बनाएको छ । तर पछिल्लो समय कृत्रिम रसायन तथा बिषादीहरुको जथाभाबी प्रयोगले माटो र अर्गानिक तत्व नष्ट गरिरहेको छ ।

रसायन तथा बिषादीहरुको प्रयोगले अन्नबाली कमजोर बनाउने र लागत खर्च बढाउने गर्दछ । अनुकुल मौसम, वातावरण, तथा पानी सिँचाई सहज भएको भारतको जम्मु काश्मीर क्षेत्र अर्गानिक खेतीका लागि योग्य मानिन्छ । अर्गानिक खेती प्रणालीको कार्यन्वयन र विकास नीति भएमा जम्मु काश्मीरमा कृषिलाई जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ ।

परम्परागत कृषिमा रसायन बिषादीहरुको प्रयोगले कृषि उत्पादनमा वातावरणीय क्षति पुगेपछि सन् १९३० र १९४० मा अर्गानिक खेतीको अवधारणा विकसित भएको हो ।कृषिमा दिगोपन र वातावरण मैत्री भएका कारण अर्गानिक खेतीलाई पराम्परागत कृषिको सबैभन्दा राम्रो विकल्प मानिन्छ ।

अर्गानिक खेतीलाई एक परिभाषामा उल्लेख गर्न सकिँदैन । यधपी, यसको मुख्य बिशेषता भनेको जैविक विविधताको सुरक्षा, संसाधानहरु पुन प्रयोगमा ल्याउनु, साथै स्वास्थ र वातावरण अनुकुल दिगो कृषि अभ्यास गर्नु हो ।अर्गानिक खेतीलाई परिभाषित गर्न विभिन्न मुलुकहरुको आफ्नै नीति नियम छन् ।

अमेरिकी कृषि विभागको अध्ययन टोलीको परिभाषा अनुसार कृषिमा रसायन तत्वहरु निष्कासन गर्ने र बाली पुनचक्र, पशु मल, बाली अवशेष, विरुवा सुरक्षा गर्ने बारे प्राथमिकता दिने कृषि नै अर्गानिक खेती हो । इन्टरनेशनल फेडेरेसन अफ अर्गानिक अग्रीकल्चरको अनुसार अर्गानिक खेतीको लक्ष्य पर्याप्त मात्रामा उच्च पोषणयुक्त खाधन्न उत्पादन, जैविक विविधताको सुरक्षा गर्ने रहेको उल्लेख गरेको छ ।
भारतको जम्मु काश्मीरमा कृषकहरु अर्गानिक खेतीमा धेरै आकर्षित भएको पाईन्छ ।

यसको प्रमाण स्वरुप जम्मु काश्मीर कृषि विभागमा अर्गानिक खेती सम्बन्धि जिज्ञासा लिएर दैनिक तीस वटा फोन कल आउने गरेको बताईएको छ । जम्मु काश्मीरमा अर्गानिक खेती विकास र प्रवद्र्धनका लागि सरकारले पनि बन्दोबस्ती नीतिको सहायता गर्नुपर्ने देखिन्छ । भारतमा केन्द्र सरकारको प्रायोजित योजनाहरुको सहयोगमा अर्गानिक खेतीमा विकास गरेका विभिन्न राज्यहरुबाट जम्मु काश्मीरले प्रेरणा लिनु पर्दछ । स्रोत जेके पोलिसि इन्स्टीच्युट

प्रतिक्रिया दिनुहोस