लामो नङ पालेरै विश्व रेकर्ड राखे श्रीधरले, नङकै कारण युवती विवाह गर्न मानेनन्

काठमाडौँ – बिश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । धेरैले अनौठो कार्य गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् ।त्यस्तै एक पुरुषले पनि आफ्नो अनौठो प्रतिभाले बिश्वलाई नै चकित पारेका छन्। उनको लामो नङ देखेर जोकोही हेरेको हेर्यै हुन्छ । भारतमा यस्ता पुरुष छन्, जसले हातमा २ मिटर लामो नङ पालेका छन् ।

भारतका श्रीधर चिलानले १९५२ देखि हातका नङ पाल्न शुरु गरेका हुन् । उनले अहिलेसम्म नङ काटेका छैनन् । हातमा सबैभन्दा लामो नङ भएकै कारण उनले विश्व रेकर्ड पनि राखिसकेका छन् ।

लामो नङका कारण चर्चामा आएका उनले नङलाई एक संग्रहालयमा दिने सोच पनि बनाएका छन् । उनले आफ्नो नङकै कारण आफुलाई विवाहको लागि पनि समस्या भएको बताए ।

लामो नङ भएकै कारण केही युवती विवाह गर्न पनि मानेनन् । विद्यालय जाने बेलाको कुरा सम्झदै उनले नङ नकाटेकै कारण शिक्षकको कुटाई खाएको पनि बताए । लामो नङकै कारण उनलाई जागीर खान पनि समस्या परेको थियो ।

प्रतिक्रिया दिनुहोस