चिनियाँ हस्तक्षप बिरुद्ध जापान र अस्ट्रेलियाबीच सहकार्य आवश्यक रहेको जापानी राजदूतको भनाई

क्यानबेरा । चिनियाँ हस्तक्षेप र चुनौति बिरुद्ध सहकार्य गर्न जापानले अस्ट्रेलियालाई आग्रह गरेको छ ।अस्ट्रेलियास्थित जापानी राजदूत शिन्गो यमगामीले पूर्वी चीन सागरमा चिनियाँ हस्तक्षेप बिरुद्ध संयुक्त सैन्य अभ्यास गर्न अस्ट्रेलियालाई आग्रह गरेका छन् । राजदूत यमगामीले पूर्वी चीन सागरमा चीनको बढ्दो चुनौति र हस्तक्षेप बिरुद्ध सहकार्य गर्न अस्ट्रेलियालाई आग्रह गरेका हुन् ।

सुरक्षा र समृद्धिको दृष्टिकोणले दक्षिण चीन सागर जस्तै पूर्वी चीन सागर पनि अस्ट्रेलियाका लागि उत्तिकै महत्वूर्ण रहेको भन्दै यस बिषयमा सहकार्य गर्नुपर्ने जापानी राजदूतले बताए । राजदूत यमगामीले जापान र अस्ट्रेलियाको रक्षा सहकार्य अभूतपूर्व बनाउनुपर्ने जोड दिएका छन् ।

दक्षिण र पुर्वी चीन सागरमा चीनको बढ्दो हस्तक्षेप बिरुद्ध समान विचारधाराका मुलुकबीच सहकार्य हुनुपर्ने राजदूत यमगामीले बताएका छन् । राजदूत यमगामीले पूर्वी र दक्षिण चीन सागरको बिषयमा चीन बिरुद्ध जापान र अस्ट्रेलिया समान स्थितिमा रहेको भन्दै सहकार्यमा जोड दिए । स्रोत द गार्जियन

प्रतिक्रिया दिनुहोस